Logo

कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने एमालेको अडान



काठमाडौं, १५ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिपक्षी एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला भइरहेको छ ।

दिउँसो बसेको मन्त्रीपरिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ । चार बजे सुरू हुने भनिएको संसद बैठक अहिलेसम्म सुरू हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड संसद भवन बानेश्वर पुग्दैछन् ।

प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा संसदबाट महाअभियोग प्रस्ताव फिर्ता लिने र बजेट प्रस्तुत गर्ने सहमती भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot