Logo

चालू अार्थिक बर्षमा ४२.७ प्रतिशतले ब्यापार घाटा बढ्यो



काठमाडौं, १५ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछन्।

अन्य सबै अार्थिक परिसूचक बढेपनि ब्यापार घाटा चालू अार्थिक बर्षमा घट्न सकेन ।चालू अार्थिक बर्षमा ४२.७ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालू अार्थिक बर्षमा ८४ प्रतिशत पूँजिगत खर्च हुने अनुमान गरिएको छ ।

भूकम्पपीडितका लागि अावास निर्माण गर्न २ लाखमा १ लाख थप गरी ३ लाख बनाइएको छ । अागामी अार्थिक बर्षमा ६.९ प्रतिशतको अार्थिक बृद्धिदर रहने प्रक्षेपण बजेटले गरेको छ ।

स्थानीय तहलार्इ बित्तीय अधिकारसहितको पर्याप्त बजेट छुट्याइएको छ । संघीयता अनुकुल हुने गरी संबैधानिक निकायको स्तरोन्नती हुने गरी बजेट छुट्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot