Logo

महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन



काठमाडौ., १५ जेठ । सरकारले अागामी अार्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइने घोषणा गरेको छ ।

 

महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन गरिएको छ । बालश्रम निवारण १० बर्षभित्र गरिनेछ र त्यसका लागि गुरूयोजना तयार पारिनेछ । बैदेशिक रोजगारीमा जानुअघि अनिबार्य बैंक खाता खोल्नुपर्ने र बिप्रेशण त्यसैमा पठाउनुपर्ने नियम बनाइनेछ ।

श्रम तथा रोजगारसम्बन्धी सबै कार्यक्रम निरन्तरता दिइएको छ । यसका लागि १ अर्व १४ करोड बिनियोजन गरिएको छ । स्वदेशकै जडिबुटीबाट अाैषधि उत्पादन गर्ने उद्योगहरूलार्इ प्राथमिकता दिइनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot