Logo

प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने



काठमाडौं, १५ जेठ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट बक्तव्य सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कामचलाउ भएको सरकारले बजेट ल्याएको हो । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाले चुनावका बीच बजेट ल्याइएको हो ।

पत्रकारको क्षमता अभिबृद्धि गर्न प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ । अवैध मोवाइल पैठारी नियन्त्रण गर्न इएमइ नम्बर दर्ता अनिवार्य गरिनेछ । सूचना तथा प्रबिधिको बिकासका लागि ४ अर्व ९८ करोड बिनियोजन गरिएको छ ।

युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ ।देशभरका ५ स्थानमा मैदान निर्माण कार्यलाइ निरन्तरता दिइएको छ । अागामी अार्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइनेछ ।



प्रतिक्रिया दिनुहोस्