Logo

राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिने



काठमाडौ, १५ जेठ । सरकारले घोषणा गरेको छ । राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ । सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइनेछ ।

बित्तीय क्षेत्र बिकास रणनीतिलार्इ कार्यन्वयन गरिनेछ ।देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ ।

सीमान्तकृत समुदाय र गरिव घरपरिवारका लागि साैर्य उर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइनेछ । २० वर्ष पुराना सवारी गुडाउन नपाइने व्यवस्थालाई प्रमुख शहरहरुमा लागू गरिने । काठमाडौंमा लागू भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot