Logo

भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार : एमाले



काठमाडौं, १७ जेठ । प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।

व्यवस्थापिका संसदको बुधवारको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको बताए ।

एमाले उम्मेदवार जिततर्फ उन्मुख भएपछि माओवादीका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको भन्दै उनले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने बताए । तत्काल मतगणना सुरु गर्न माग गर्दै उनले भने, अन्यथा भयो भने एमाले कुनै हालतमा मान सक्दैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot