Logo

बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उद्योगी व्यवसायीहरुको जोड



प्रकाश खनाल : बुटवल, १७ जेठ । बिकास बजेट खर्च हुन नसक्दा आर्थिक गतिबिधि सुस्त भएको भन्दै बजेट कार्यान्वयनमा बिशेष ध्यान दिनुपर्ने यस क्षेत्रका उद्योगि व्यवसायीहरुले जोड दिएका छन् ।

समग्रमा बजेट राम्रो आउने गरे पनि कार्यान्वयन नहुदा आर्थिक गतिबिधि बढ्न नसकेको बताउदै उनिहरुले बिकास बजेट खर्चको सिमा तोक्नुपर्ने आवस्यकता औल्याए ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित उद्योगि व्यवसायीहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनिहरुले स्थानिय तहलाई बिनियोजित रकम सहि रुपमा सदुपयोग गर्न सके मुलुकको आर्थिक बिकासले गति लिने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले पछिल्लो समय बिकास बजेट खर्चहुने क्रम घट्दै गएको भन्दै त्यसको असर बैंक तथा बित्तिय क्षेत्रमा समेत प्रभावित भएको बताए ।

गत बर्ष बिनियोजित बिकास खर्चको ३२ प्रतिसत देखि ३५ प्रतिसत मात्र खर्च भएको भन्दै उनले बिकास बजेट खर्च नहुदा आर्थिक क्रियाकलाप बढ्न नसकेको बिचार व्यक्त गरे ।
बजेटमा जतिसुकै राम्रा कार्यक्रम र योजना समेटिए पनि कार्यान्वयन फितलो भएकोले कार्यान्वयनतर्फ बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष रेग्मीले सरकारद्धारा सोमबार संसदमा पेश गरेको आर्थिक बर्ष २०७४/०७५ को बजेटमा १७.४ प्रतिसत रकम स्थानिय तहलाई बिनियोजन गरिनु सकारात्मक भए पनि गत बर्ष भन्दा यस बर्ष २ अर्व बढि राजश्व कसरी उठ्न सक्छ भन्ने पर्याप्त आधार नरहेको टिप्पणि गरे ।

करको दर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउनुपर्ने बताउदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि बिनियोजित रकम पर्याप्त नभएको उल्लोख गरे ।
संबिधान कार्यान्वयनको क्रममा भएको स्थानिय तहको निर्वाचनका कारण आर्थिक क्रियाकलापमा बद्धि हुनथालेको भन्दै उनले स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकको आर्थिक बिकासले थप गति लिने बिश्वास व्यक्त गरे ।

साक्षात्कार कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिव हरिप्रसाद अर्यालले बजेटको आकार हेर्दा मोटाएको हो कि सुन्निएको हो छुट्याउन कठिन भएको टिप्पणि गर्दै संरचनागत बिकास कारण स्थानिय तहमा बिनियोजित रकम खर्च हुनेमा संका व्यक्त गरे ।

बजेट आउदा समग्रमा राम्रो आउने तर कार्यान्वयन नहुने समस्या यथावतै रहेको अवस्थामा संरचनागत बिकासको अभावमा स्थानिय तहलाई बिनियोजन गरिएको कूल बजेटको ठुलो हिस्सा रकम फ्रिज हुनसक्ने धारणा राखे ।

१० युवा एक उद्यमशीलता भन्ने योजना बजेटमा समेटिनु राम्रो भएको भन्दै उनले गरिव जनतालाई गरिविको प्रमाणपत्रको आधारमा सिमित भत्ता दिएर राहत दिने भन्दा पनि उनिहरुलाई उत्पादनशीलतामा जोड्नु पर्ने कुरामा जोड दिए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका अर्यालले शिक्षा क्षेत्रमा बिनियोजित रकम अत्यन्त न्यून रहेको बताए ।

आचार संहिताका कारण बजेटमा नयाँ कार्यक्रा खासै नसमेटिए पनि १० युवा एक उद्यमशीलता कार्यक्रम र पशुपति र लुम्बिनी जोड्ने कार्यक्रम समेटिनु सकारात्मक भएको उल्लेख गरे ।

कार्यक्रममा बुटवल यातायात व्यवसायी समितिका अध्यक्ष दिलबहादुर थापाले राज्यले यातायात क्षेत्रलाई सधै उपेक्षित गरेको बताउदै मुलुकको आर्थिक बिकासमा महत्वपुर्ण योगदान रहदै आएको यातायात क्षेत्रको बिकास र बिस्तारमा राज्यले पनि लगानि गर्नुपर्ने कुरामा जोड दिए ।

बजेटको आकार ठुलो भएको भन्दै उनले यो आकारको बजेट मुलुकले धान्न नसक्ने धारणा राखे ।

सिद्धार्थ यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष मनिलाल खरेलले स्थानिय तहमा बिनियोजित रकम सकारात्मक भएको बताउदै बजेट कार्यान्वयनमा बिशेष ध्यान दिनुपर्ने आवस्यकता औल्याए ।

सोमबार संसदमा प्रस्तुत बजेट पुरानै बजेटको निरन्तरताको संज्ञा दिदै उनले यातायात क्षेत्रमा देखिएको एकाधिकार सिन्डिकेट तोडिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रम रिपोर्टर्स क्लव नेपाल रुपन्देहीका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot