Logo

‘बाहुवली २’लाई जित्यो चलचित्र ‘दंगल’ ले



एजेन्सी, १७ जेठ । नायक आमिर खान अभिनित चलचित्र ‘दंगल’ले ‘बाहुवली २’को व्यापारलाई उछिनेको छ । दंगलले चीनको बक्स अफिसमा हजार करोड नजिकको व्यापार गरेपछि यसले विश्वमै सबैभन्दा बढी कमाउने भारतीय चलचित्रको रेकर्ड बनाएको हो ।

तर, चीनमा विगत ४ सातादेखि प्रदर्शन भैरहेको यो चलचित्रले अहिलेसम्म ९४२ करोडको व्यापार गरेको छ । यस्तै, ताइवानमा चलचित्रले ३२ करोडको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा यो चलचित्रले ३८६ करोड कमाएको थियो ।



प्रतिक्रिया दिनुहोस्