Logo

मुलुकको पहिलो एजेन्डा आर्थिक : वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा



पथरी (मोरङ), १७ जेठ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताउनुभएको छ ।

उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाउनुभयो । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उहाँको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाएर पठाएको पैसाले मुलुक चलेको बताउनुभयो ।

कार्यक्रममा सांसद पवन सारङ्गा, प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालालगायतले उद्योग सङ्गठन मोरङ ५० वर्ष पुगेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो । विसं २०२४ मा सो सङ्गठनको स्थापना भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot