Logo

पराजुलीलाई प्रधान्यायधीश बन्नबाट रोक्न अर्को रिट दायर, पराजुली भन्छन,‘यो कहीँबाट निर्देशित र हतोत्साहित पार्न आएको हो’



काठमाडौ, १७ जेठ । सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायधीश नबनाउन माग गर्दै रिट दायर भएको छ ।

अधिवक्ता विकास गिरीले न्यायाधीश पराजुलीको जन्ममिति र एसएलसी प्रमाणपत्रमा विवादीत रहेकाले प्रधानन्यायधीश बनाउन नहुने माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा न्यायपरिषदको बुलेटिनमा उल्लेख भएको पराजुलीको जन्ममिति र नागरिकतामा भएको मिति फरक रहेको भन्दै प्रधानन्यायाधीश बनाउन नहुने भन्दै परमादेशको माग गरिएको छ ।

यस्तै एसएसली दिएको मिति समेत विवादीत रहेकाले नैतिक चरित्र माथि प्रश्न उठिरहेको अवस्थामा प्रधानन्यायाधीश बनाउन नमिल्ने भन्दै प्रतिषेधको आदेश समेत माग गरिएको छ ।

तर न्यायाधीश पराजुलीले उक्त रिटबारे प्रतिक्रिया दिँदै भने,‘यो रिट कसैबाट निर्देशित छ र प्रायोजित ढंगले रिट निवेदन आएको हो, यो विषय न्यायपरिषदमा जानुपर्दथ्यो ।’

उनले आफू न्यायको पक्षमा रहेको बताउँदै भने,‘मलाई अन्याय हुँदैन्, म यसको डटेर सामना गर्छु।’



प्रतिक्रिया दिनुहोस्