Logo

पत्रकार डाँगीले कैद गरेका २५ तस्बिरमा से–फोक्सुण्डो (फोटो फिचर)



धनराज वास्तविक : काठमाडौं, १७ जेठ । नेपाल अनेक प्राकृतिक छटाले भरिपूर्ण छ र हो भनि रहनु पर्दैन । नेपालको सबै भन्दा ठुलो जिल्ला डोल्पामा अवस्थित से–फोक्सुण्डो ताल नेपालका एक अनन्त अनुपम प्राकृतिक सम्पति हो ।

भनिन्छ, भिडको बाटो हिड्नस भन्दा भिरको बाटो हिड्ने मानिस महान हुन्छ । यो वाक्य धेरै कुरामा लागु हुन्छ जस्तो लाग्छ । कुनै बेला मुगुको रारालाई नियाल्नेहरु आज रारामा पुगेर आनन्दको अनुभस्त गर्दैछन्।


यसो हुनुको एउटै कारण हो त्यहा बाटोले जोडेको छ। सदाझै मनमहोक देखिने चारै तिरबाट पहाडले घेरि रहेको उक्त ताल परिक्रमा गर्न तिन दिन लाग्ने बताउछन् पत्रकार वालकृष्ण डाँगी ।

एकातिर बर्षा बर्सिरहेको हुन्छ भने अर्को तिर हिउका सेता डाँडा देख्न सकिन्छ । तालको छेउछेउमा पुगेर स्नान गर्नुको आनन्द बेग्लै हुने अनुभव पत्रकार डाँगीसँग छ ।

जति हेर्यो उति हेरौ हेरौ लाग्ने हरिया डाँडापाखा, संगीतको तालमा झर्ने भर्ना, हिउका पहिरा खसेको सात्तो लिने आवाज, विभिन्न जनावरका मधुर आवजहरुको सामिप्यमा रमाउँनको लागि राज्यले बाटो जोडिदिनु पर्ने पत्रकार डाँगीको अपिल छ।

उनले आफ्नो क्यामरामा कैद गरेका से–फोक्सुण्डका केही तस्बिरहरु :



प्रतिक्रिया दिनुहोस्