काठमाडौं, १७ जेठ । कांग्रेस र माओवादी केन्द्रवीच सहमति भए अनुसार अबको केही दिनभित्रै कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्री बन्दैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको लागि दिएको एक साताको समय आजबाट समाप्त भएसँगै अब बहुमतीय सरकारको लागि उनले पूनः संसदलाई आग्रह गर्नेछिन्
। सोही अनुरुप कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुवीच मन्त्रालय बाँडफाँड गर्नेबारे आन्तरिक छलफल सुरु भएको छ ।
कांग्रेस नेता एवम् हालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको नीजी निवासमा अहिले दुवै पार्टीका कोर टिममा आवद्ध नेताहरुवीच आन्तरिक छलफल जारी रहेको एक नेताले जानकारी दिए ।
छलफमा कांग्रेसका तर्फबाट निधि, मन्त्री रमेश लेखक रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुनको उपस्थिति रहेको एक नेताले जानकारी दिए ।
https://reportersnepal.com/2017/05/183977.html