Logo

अमेरिकी संसदमा ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयान



काठमाडौं, १८ जेठ । अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ ।
अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको समितिले ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार माईकल फ्लीन र वकिल माईक्ल कोहेनलाई बयानका लागि बोलाएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक पछि अर्को गर्दै आफ्ना योजनाहरु कार्यान्वयनको प्रयास गरिरहँदा चुनावमा सम्भावित रुसी संलग्नताबारेको छानबिन पनि समानान्तर रुपले बढिरहेको छ ।

ट्रम्पलाई जिताउन रुसले हरसम्भव सहयोग गरेको र यो क्रममा ट्रम्पले पनि अमेरिकी गोप्य सूचना रुससँग चुहाएको अभियोग लगाइएको छ ।चुनावमा रुसी संलग्नताबारे अमेरिकामा अहिले झन्डै आधा दर्जन निकायले छानबिन गरिरहेका छन् ।

ट्रम्पका ज्वाई जारेद कुश्नर र अन्य चार जना सल्लाहकारमाथि संघीय जाँच ब्यूरो एफबीआईले अनुसन्धान गरिरहेको छ । अमेरिकामा हरेक रुसी राजदूतसँग नियमित सम्पर्क स्थापना गर्न ट्रम्पले अमेरिकी प्रशासनलाई छल्दै छुट्टै च्यानल प्रयोग गर्ने गरेको खुलासा भइसकेको छ ।(एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot