Logo

नेत्री कोइराला कम्बोडिया प्रस्थान



काठमाडौँ, १८ जेठ । कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली काँग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेत्री कोइराला एसियाली राजनीतिक दलहरुको सम्मेलन (आइक्याप)को सदस्यका रुपमा त्यसतर्फ जानुभएको हो ।

नेत्री कोइराला कम्बोडियामा रहँदा त्यहाँका प्रधानमन्त्री सम्देक तथा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot