Logo

अर्थमन्त्री महरा भन्छन्,‘अर्थमन्त्री होईन, मलाई अब वडा अध्यक्ष हुन मन लाग्यो’



काठमाडौं, १८ जेठ । उपप्रधान् एवम् अर्थमन्त्री कृष्णबहादुर महराले गाउँपालिका तथा नगरपालिकाको बजेट हेर्दा आफूलाई अब गाउँपालिकाको अध्यक्ष भएर काम गर्न मन लागेको बताएका छन् ।

बिहीबार राति ९ः३० बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम आर्थिक बहसका लागि पत्रकार ऋषि धमलाले मन्त्री महरासँग गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘स्थानीय तहमा आर्कषणको बजेट पुगेको छ, मलाई त यस्तो लागेको छ कि यो मन्त्री छाडेर गाउँपालिका तथा नगरपालिकाको अध्यक्ष बन्न जाऔं।’

उनले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश र जनताको लागि सबैभन्दा चिन्तित नेता भएको समेत स्पष्ट पारे । महराले भने,‘अहिले हाम्रो अध्यक्ष कमरेड प्रचण्ड जतिको नेता देशमा कोही पनि हुनुहुन्न।’

त्यस्तै उनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकार चाँडै बन्ने समेत दाबी गरे । महराले देउवा नेतृत्वको सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक पार्टीपनि सहभागी हुने जनाए । त्यस्तै राप्रपा पनि सरकारमा सहभागी हुने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्