Logo

प्रगतीको मिरामिडमा मोडल रिना थापामगर



धनराज वास्तविक : काठमाडौं, १८ जेठ । संसारमा कसैलाई हतारो हुन्छ भने सबै भन्दा पहिले र बढि नेपालीलाई हुन्छ भन्दा अन्यथा नहोला । आखिर जति हतार गरेपनि पुग्ने लक्ष्य उहि र उस्तै हुन्छ ।

पछिल्लो समयमा नेपाली गीत संगीतको बजार निक्कै ताति रहेको छ। अझै भनौ यस क्षेत्रमा कसैले केही छैन् भन्छन् । कसैले सबै थोक छ भन्छन् । केही नदेख्नेले केही पाउँदैनन्। सबैथोक छ भन्नेले गीतकै माध्यायमबाट घर बंगाला जोडिसकेको सत्य वृतान्त हाम्रो सामु घाम जस्तै छर्लङग छ ।

तिज आउन अझै दुई महिना बढि समय बाँकि  छ तर नेपाली गीत संगीतका सर्जकहरु तिजका भाकाहरु रेकर्ड गर्न र छायाङ्कनमा खुब व्यस्त छन् ।

अहिलेकी चर्चित मोडल रिना थापा मगरलाई यो वर्षको तिजले राम्रै साथ दिन्छ भन्ने सन्देश हामीले पाएका छौँ। हुने बिरुवाको चिल्लो पात भनेझै उनी लोक दोहोरी गीत क्षेत्रकी अभिन्न नृत्याङगनाको स्वरुप बनेर आउँदैछन् ।

प्राय  दिनमा सुटिङमा व्यस्त हुने मोडल रिनाले आजका दिनसम्म यस वर्षका लागि तिनवटा तिजका गीतमा अभिनय गरिसकेकी छिन् । लोकदोरी र आधुनिक गरि करिब ३५० जति गीतका भाकामा सफल अभिनय गरिसकेकी माडेल रिना देख्दा सुन्दरसँगै मिलनसार पनि उत्तिकै छिन्  ।

नेपाली गीत संगीतले नेपाली पनलाई आत्मसाथ गर्नुपर्छ भन्ने मान्यता राख्ने मोडल मध्यकि एक उनि पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot