Logo

चलचित्र ‘रातो घर र ‘जालो’ एकैसाथ प्रर्दशन



काठमाडौं, १८ जेठ । नेपाली चलचित्रले पछिल्लो समयमा नेपाली दर्शकलाई आर्कषर्ण गर्ने हेसियत राखिरहेको सत्य हो । बरु यसकार्यले निरन्तरता पाउन सकोस् ।

नितान्तै फरक सनदेश बोकेका नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको चलचित्र ‘रातो घर’ र वानसट्मा खिचिएको चलचित्र‘जालो’ले आज शुक्रवारबाट आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् ।

यी दुई फरक चलचित्र मध्ये दर्शकहरुलाई कुन चलचित्रले तान्न सक्छन् त्यो त केही दिन कुर्नै पर्छ । चलचित्र ‘रातो घर’मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय छ भने सुरज सुब्बाले निर्देशन गरेका हुन् ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको चलचित्र ‘रातो घर’का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् त्यस्तै विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

त्यस्तै विश्व कीर्तिमान राख्ने दौडमा रहेको चलचित्र ‘जालो’ वानसट्मा खिचिएको चलचित्र हो । वानसट् भन्नाले छायाङ्कन सुरु हुँदा अन भएको क्यामेरा छायाङ्कन सकिएपछि मात्र अफ हुन्छ।

यो चलचित्र ४ घण्टामा क्यामरा अफ नगरि खिचिएको हो । अराजकेशव गिरीको कथा, पटकथा र निर्देशनमा तयार चलचित्र ‘जालो’मा नीर शाह, अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot