Logo

विद्यार्थीलाई कानुन पढाउदै अदालत



तेजेन्द्र शमशेर पाण्डे : अर्घाखाँची, १९ जेठ । अर्घाखाँची जिल्ला अदालतले बिध्यार्थी बालबालिकाहरु लाई कानुनी शिक्षा प्रदान गर्न शुरु गरेको छ । जिल्ला न्यायाधीश केसवप्रसाद बास्तोलाको नेतृत्वमा यहि जेठ ५ गते सन्धिखर्कमा रहेको युवा बर्स रविचित्र उच्च माबि हटारिका कक्षा ८,९ र १० का करिब ३० जना छात्र ,छात्रालाइ कानुनी शिक्षा प्रदान गरियको थियो ।

त्यसपछि जेठ १२ गते सन्धिखर्क स्थित गौरिसन्कर बोडिङ्ग स्कुलका करिब ३५ जना बिध्यार्थिलाइ कानुनी शिक्षा प्रदान गरियको थियो १सोही क्रममा आज शुक्रबार अदालतले अदालतकै इजलाश कक्षमै भगवती उच्च मा बि चुत्राबेशी संखेटारिका कक्षा ८,९ र १० मा पढ्ने करिब ३० जना बिध्यार्थिलाइ कानुनी शिक्षा र अदालतको कामकाराबाहिको बारेमा जानकारी गराइयको छ । अदालतका कर्मचारीहरुले आफ्नो कार्यकक्षमै बिध्यार्थिलाइ लगेर त्यस कक्षबाट हुने सेवा हरुको बारेमा बतायका छन ।

प्रशिक्षण प्रदान गर्दै जिल्ला न्यायाधीश केसवप्रसाद बास्तोलाले भन्नुभयो ू कानुनको बारेमा जानकारी नभयर कोहि अन्यायमा नपरोस ,बिध्यार्थिलाइ न्याय अन्यायको बारेमा सिकाउदा उनिहरुले आफ्नो घर,टोलमा अरुलाइ सिकाउछन त्यसैले यो कार्यक्रम शुरु गरेका हौ ू १ त्यसैगरी न्यायाधीश वास्तोलाले बिध्यालयको शिक्षा सङ्गै कानुनी शिक्षा समेत महत्त्वपूर्ण हुने भयकाले बिध्यार्थिहरुलाइ यसमा चासो राख्न आग्रह गर्नु भयो ।

उहाले अहिलेको सम्बिधान,मुलुकी एन,प्रचलित कानुनी प्रकृया,जिल्ला अदालतको अधिकार र कर्मचारिहरुको भुमिका,निशुल्क कानुनी सेवा,देवानी र फौजदारी मुद्दा लगायतका बिसयमा प्रशिक्षण प्रदान गर्नु भयो । त्यसै गरि श्रेस्तेदार मोहनप्रसाद बेल्बासेले कानुनी परामर्स,कानुनी प्रकृयाका बारेमा प्रशिक्षण प्रदान गर्नु भयो ।

प्रशिक्षणकै क्रममा जिल्ला बार एसोसिएसनका सचिव अधिबक्ता जगन्नाथ भुसालले मेलमिलाप र मुद्दा प्रकृयाको बारेमा बताउनुभयो । पैसाको अभावमा कोहि अन्यायमा पर्नु नपर्ने र अदालतमा त्यस्ता ब्यक्तिहरुको सहयोगका लागि बैतनिक कानुन ब्यबसायिको भुमिकाको बारेमा बैतनिक कानुन ब्यबसायी पवित्रा भट्टराईले प्रशिक्षण प्रदान गर्नु भयो ।

त्यसैगरि अदालतका नायब सुब्बा टेकराज गैरे,तहसिल शाखाका नायब सुब्बा केसवप्रसाद भुसाल,मुद्दाफाटको डिट्ठा अनिता थापाले पनि कानुनी प्रकृयाको बारेमा प्रशिक्षण प्रदान गर्नुभयो । यसै गरिनै प्रशिक्षण निरन्तर रुपमा अन्य बिध्यालयका बिध्यार्थिमाझ पनि सन्चालन गरिने न्यायाधीश बास्तोलाले बताउनुभयको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot