Logo

मिस नेपाल-२०१७ को उपाधि निकितालाई



काठमाडौं, जेठ १९ । १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक मिस नेपाल– २०१७ भएकी छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा चन्दक नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।  यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन् ।



प्रतिक्रिया दिनुहोस्