![](https://reportersnepal.com/wp-content/uploads/2017/05/Kp-oli-at-uml-party-headquarter-900x600.jpg)
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ ।
शनिबार सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा खासगरी दुई वटा एजेण्डामा छलफल केन्द्रित छ । भरतपुर महानगरपालिकामा तत्काल मतगणना हुनुपर्ने र राष्ट्रपतिले पठाएको पत्र सदनमा वाचन नगरेसम्म संसद बैठकमा भाग नै नलिने एमालेको तयारी छ ।