Logo

शर्मालाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो



‘मेरो पक्राउ कानुन र विधि विधानकै अपमान’ : शर्मा

काठमाडौं, २१ जेठ ।  अनियमितता आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान विशेष अदालतमा उपस्थित गराइएका शर्माले सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिंदै आफ्नो पक्राउ कानुन र विधि विधानकै अपमान भएको प्रतिक्रिया दिए । उनले भने, “सरकारले कानुन अनुसार आयोग बनाएको र सरकारकै आदेश पालना गरेर आयोगमा बसेको अवस्थामा आयोगको काम कारबाहीलाई छानबिनको गर्नु विधि विधानकै अपमान हो ।”

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot