Logo

भरतपुर घटनाको विषयमा निर्वाचन आयोगको निर्णय रोक्न सर्वोच्चमा रिट दर्ता



काठमाडौं, २१ जेठ । भरतपुर घटनाको विषयमा निर्वाचन आयोगले गरेको निर्णय रोक्न सर्वोच्चमा रिट दर्ता भएको छ।

निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुर-१९मा पुन: मतदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय खारेजीको माग गर्दै रीट दर्ता भएको हो। रीटमा आयोगको निर्णयविरूद्ध तत्कालै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

रीट दर्ता भएसँगै भोलिका लागि पेशी तोकिएको छ । भरतपुर महानगरपालिकाकी मेयर उम्मेद्वार रेणु दाहाललाई जिताउने योजनाका साथ मतपत्र च्यातिएको र योजनाबद्ध रूपमा पुन:मतदान गराउन निर्वाचन आयोगले यस्तो निर्णय गरेको दाबी रीटमा छ।

भरतपुर महानगरपालिका-१९को वडासदस्यका उम्मेद्वार गुञ्जमान विक र यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रीट दायर गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्