Logo

‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’ : भट्टराई



पाँचथर, २१ जेठ । नेकपा (एमाले)का सचिव योगश भट्टराईले अहिले राष्ट्रपतिको पत्र संसद्मा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले कुनै हालतमा संसद् चल्न नदिइने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र विधिसम्मत ढङ्गबाट हुनुपर्ने भएकाले राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर मात्रै प्रक्रिया अघि बढ्न दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) पनि प्रधानमन्त्रीको चयन प्रक्रियामा भाग लिन चाहन्छ तर विधि र प्रक्रियालाई अरू दलले मान्नुप¥यो ।”

चितवनको भरतपुर–१९ नं वडाको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उहाँले यसले गलत नजिर बस्ने भएकाले च्यातिएको मतलाई बदर मानेर बाँकी गणना गर्नुपर्ने माग गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot