Logo

संसद बैठक मंगलबारसम्मको लागि स्थगित्, हेर्नुहोस १३ तस्विर



काठमाडौं, २१ जेठ । व्यवस्थापिका–संसद बैठक जेठ २३ गते मंगलबारसम्मको लागि स्थगित् भएको छ ।

आज विहान ११ बजे बस्ने भनेको संसद बैठक दिउँसो ३ बजेको लागि तय गरिएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पर्सी विहानसम्म सहमति खोज्नको लागि व्यापक छलफल तथा प्रयास गर्नुपर्ने भएकोले संसद बैठक स्थगित् गर्न आग्रह गरेको थियो ।

एमालेको प्रस्ताव सत्तारुढ दलले स्विकार गरेपछि बैठक पर्सीसम्मको लागि स्थगित् भएको एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलेपनि एमालेले सहमतिको लागि समय माँगेकोले संसद बैठक दुई दिन स्थगित् गर्न आग्रह गरेकोले आफूहरु सहमत भएको जानकारी दिए ।

उनले भने,‘एमालेले दुई दिनको समय माँग गरेकोले हामीले पनि सहमत भएको छ।’ उनले पर्सी मुलुकले प्रधानमन्त्री पाउने समेत विश्वास व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्ता प्रस्ताव राखेपछि दुई घनिभुत छलफल गर्न आफूहरु तयार रहेको सत्तारुढ दलका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot