Logo

संग्रौलाको निर्देशनमा अर्को गीत सार्वजनिक



काठमाडौं, २२ जेठ । विगत १२ बर्ष देखि यो क्षेत्रमा क्रियाशिल रमेश संग्रौलाको निर्देशनमा अर्को लोक आधुनिक गीत बजारमा आएको छ ।

संग्रौलाका एकपछि अर्को गर्दै गीतहरु नेपाली गीतसंगीतको बजारमा अस्तित्व जमाई रहेका छन् । स्वरुपराज आचार्यको सुुमधुर आवाजमा सजिएको हिन्दि गजल पनि आउँदै छ ।

केही समय अघिमात्रै प्रेम प्रकाश ओलीको गीत छायाङ्कन गरेका संग्रौला पलपल मुटु जलाई प्रदेशमा बोलको गीतलाई सम्पादनको काममा व्यस्त रहेको बताउछन् ।

संग्रौलाले आवाज भरेका करिब दुई दर्जन जति गीतहरु बजारमा छन् । जसमध्य निगारै खानु मिठो, बोलको पूर्वेली भाका,
हेरेर साथ दिनुहोला ।

त्यस्तै गायिका पिंकी थापाको स्वर रहेको ‘भमरा’ बोलको म्यजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका थापाको उक्त गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । मेघना मगरको कोरियोग्राफी रहेको भिडियोमा गायिका पिंकी थापाको साथमा विशाल सेनेहाङ लिम्बु र मेघना मगरले अभिनय गरेका छन् ।

अहिलेका चर्चित गितकार डि.पी. खनालको शब्द रहेको गितमा शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । भिडियोकोे निर्देशन रमेश सँग्रौलाले गरेका छन् । मुकेश हुँमागाईले खिचेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot