Logo

विश्व वातावरण दिवसको उपलक्ष्यमा सरसफाई कार्यक्रम सम्पन्न



काठमाडौँ, २२ जेठ ।विश्व वातावरण दिवसको उपलक्ष्यमा आज बुढानिलकण्ठका युवाहरुले एक उत्कृष्ट कार्यक्रम आयोजना गरेका छन।

रुद्रमति नदिरधोबी खोला तथा रुद्रेशोर महादेव मन्दिर परिसर सफा गरेकाछ्न। कार्यक्रम वडा नम्बर दुईका वडा अध्यक्ष राजेन्द्र खड्काको सभापतित्व तथा प्रमुख अथिती बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै मेयर खरेलले सकारात्मक सोचका साथ लागेर बुढानिलकण्ठ नगरपालिकालाई हरियाली नगरपालिका बनाउने वचन दिनु भयो साथै वातावरण जोगाउनु हामी सबै को दायित्व भएको हुँदा सबै मिलेर अगाडी बड्नु पर्नेमा जोड दिनुभयो।

वडा अध्यक्ष राजेन्द्र खड्काद्वरा वडालाई बतावरणमैत्री बनाइ नमुना वडा बनाउने बताउनु भयो। कार्यक्रममा स्थानीय युवा समाजसेवी, राजनीतिग्य, पेसागत कर्मचारी, आमा समूह, स्थनिय क्लब तथा सम्पूर्ण अग्रजहरुको सहभगिता भएको थियो।

कार्यक्रममा सहभागी युवाहरु भन्दै थिएकि स्वतःस्फूर्तः  रुपबाट भएको कार्यक्रममा वास्तवमै उल्लेखनीय उपस्थितीले हामीमा सामाजिक कामको लागि अझै धेरै जोस अनी जिम्मेवारी बढेको आभास भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot