Logo

आफ्नो पक्षमा दुई तिहाई पुर्याउन देउवाद्धारा चिनकाजीलाई निर्देशन



काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीका एकमात्र उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि प्रधानमन्त्री बन्ने निश्चित छ । देउवासँग स्पस्ट बहुमत उनले उम्मेद्धवारी दिएकै दिनमा प्रष्ट देखिएको थियो। देउवाको पक्षमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दा प्रधानमन्त्रीका उम्मेद्धवार देउवाको पक्षमा बरु दुई तिहाई पुग्ने संभावना बढेर गएको छ। संसद्को दुई तिहाईका लागि ३९६ मत चाहिन्छ ।

अहिले देउवाको पक्षमा कांग्रेसका २०७, माओवादी केन्द्रका ८२, राप्रपाका ३७, लोकतान्त्रिक फोरमका १७, संघीय समाजवादी फोरमका १५, नेकपा संयुक्तका ३ र अरु साना दलका ५ सांसद छन् । राजपा पनि एमालेसँगको विपक्षी गठबन्धनमा कुनै पनि हालतमा नबस्ने र यसअघि पनि कांग्रेसलाई सघाएकाले सत्तारुढ गठबन्धनप्रति लचिलो देखिएको छ । उसका अहिले २४ सांसद छन् । यसरी हेर्दा प्रधानमन्त्रीमा देउवाले ३९० मत पाउने देखिन्छ ।

सोमबार साँझ बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा चार वुँदे सहमति भएको छ । तीन दलवीचको सहमतिसँगै भोलि संसदमा एमालेले कुनै अवरोध नगर्ने भएको छ । भोलि अपरान्ह १ बजे बस्ने पहिलो चरणको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो चरणमा भने प्रधानमन्त्री निर्वाचन हुने पक्का भएको छ।

तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीका उम्मेद्धवार समेत रहेका कांग्रेस सभापति देउवाले पार्टीका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई आफ्नो पक्षमा दुई तिहाई पुर्याउनको लागि सबै दलसँग कुरा गर्न निर्देशन दिएका छन् । श्रेष्ठले भने,‘मलाई पार्टी सभापतिजीले उहाँको पक्षमा दुई तिहाई पुर्याउनको लागि निर्देशन दिनुभएको छ’ धमलासँगको कुराकानीमा उनले थपे,‘उहाँको निर्देशन बमोजिम म गृहकार्यमा जुटेको छु।’

प्रधानमन्त्री बन्न जम्मा २९७ मत भए मात्रै पनि पुग्छ। एमालेको हठ जारी रहँदा उसको गठबन्धनमा रहेका अन्य केही साना दल सत्तारुढ गठबन्धनमा आउने हो भने देउवाले सजिलै दुई तिहाई प्राप्त गर्ने देखिन्छ । गणितीय हिसाबमा दुई तिहाई ठिक्क पुगे वा नपुगे पनि देउवा नेतृत्वमा बन्ने सरकार लगभग दुई तिहाई बहुमतको सरकार हुने पक्का भएको छ ।

देउवा दुई तिहाईसहित प्रधानमन्त्रीमा निर्वाचित भए मधेशी मोर्चा लगायत अन्य संघीय गठबन्धनमा आवद्धहरुको माँग सम्बोधन गर्न संविधान संशोधनसमेत पारित गराउन देउवा सफल हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot