Logo

दुई तिहाईले देउवा प्रधानमन्त्री बन्दै, आजै सानो मन्त्रिमण्डल बन्ने



काठमाडौं,जेठ २३ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चौथो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

आज हुने प्रधानमन्त्रीको निर्वाचनमा उनी एक्ला उमेदवार हुुन भने दुई तिहाई सांसदले उनलाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । त्यसैले देउवा आज प्रधानमन्त्री निर्वाचीत हुने पक्का भइसकेको छ । यसअघि देउवा २०५२ सालमा पहिलो पटक, २०५८ सालमा दोश्रो पटक र २०६१ सालमा तेश्रो पटक प्रधानमन्त्री भएका थिए ।

अहिलेसम्म देउवालाई नेकपा एमाले,नेकपा माले,नेपाल मजदु्र किसान पार्टी, राष्ट्रिय जनमोर्चा, वौद्धिक जनतान्त्रीक परिषद नेपालबाहेक सबै पार्टीले प्रधानमन्त्रीका लागि समर्थन गर्ने कांग्रेस एक नेताले जानकारी दिए ।

देउवाले आजै सानो मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनको मन्त्रिमण्डलमा कांग्रेसबाट महेश आचार्य, र ज्ञानेन्द्र कार्कीमध्येबाट एकले अर्थमन्त्रालय पाउने पक्का भएको छ । त्यस्तै भौतिक योजना तथा यातायातमन्त्रीको रुपमा पनि यी दुई मध्येबाट एक हुने छन् ।

उता सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट परराष्ट्र मन्त्रालयसहित कृष्णबहादुर महरा उपप्रधानमन्त्री बनेर आजै सहभागी हुनेछन् । भने गृहमन्त्रीमा जनार्दन शर्मालाई पठाउने तयारी छ ।

त्यस्तै प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा यतिवेला नयाँ बानेश्वरस्थित् व्यवस्थापिका–संसद भवन परिसरमा निकै तामझाम देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot