Logo

के भने विदाई भेटघाटमा मन्त्री खड्काले ? पूर्णपाठसहित



काठमाडौं, २३ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले आज आफ्नो दश महिने कार्यकालको समिक्षा र आफ्ना कार्यकालमा भएका प्रगतिको बारेमा समेत फेहस्ति सुनाए ।

मन्त्री खड्काले प्रशासनिक क्षमता, कार्यदक्षता र बजेटको उचित बाँडफाँटका कारण मुलुकको खानेपानी क्षेत्रले फड्को मारेकाले यसलाई निरन्तरता दिन कर्मचारीलाई आग्रह गरे । खड्काले भन्नुभयो, “मेरो कार्यकालको प्रमुख उपलब्धि भनेको नै मेलम्ची आयोजनालाई अगाडि बढाउनु हो ।”

उनले आफू नियुक्त भएपछि विकास निर्माणका कामलाई उच्च प्राथमिकता, अन्तरमन्त्रालयसँग छलफल, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा देखिएका समस्या समाधान, एक घर एक धारा कार्यक्रम, सुख्खायाममा खानेपानी आपूर्ति व्यवस्था गर्नेलगायत कामलाई अगाडि बढाएको सुनाए ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले अहिले अगाडि बढाएको कामलाई मन्त्रालयले निरन्तरता दिने बताए । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउने उद्देश्य राखिएकामा हालसम्म ९१ प्रतिशत जनताका घरमा शौचालय पुगेको र तोकिएकै समयमा सबै जनताका घरमा शौचालय पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको स्पष्ट पारे ।

उनको सम्बोधनको पूर्णपाठ :

पत्रकार साथीहरु, सचिवालयका साथीहरु,
सबैमा नमस्कार, जयनेपाल।

हामी, म खास गरेर राज्यमन्त्रीको रुपमा आउँदै गर्दा मन्त्रीको रुपमा मेरो पहिलो अनुभव नै थियो । र, मंसिर १५ गते आउने अवसर मिल्यो । तर हामी आउँदैमा थाहा थियो, हामी केही समय मन्त्री हुने हो र विभिन्न भूमिकामा फर्कनुपर्ने हो । त्यसैले यसमा कुनै अनौठो मान्नुहुँदैन । खानेपानीजस्तो महत्वपूर्ण मन्त्रालयमा आउँदा निकै खुशी लागेको छ। यहाँ आएर काम गर्दै जाँदा कामका हिसावले, आवश्यकत्ताका हिसावले, सचिवज्यू यहाँ हुनुहुन्छ सबै साथीहरुसँग हामीले नजिकबाट सम्वाद गर्यौं ।

हाम्रो मन्त्रालयमा झगडा थियो अरे भन्ने कुरा सुनिएन । र महशुस भएन् । म यहाँ मन्त्रालयमा आईरहँदा सम्मानीय प्रधानमन्त्रीज्यू यो मन्त्रालयका मन्त्री हुनुहुन्थ्यो । सहकार्य गर्ने अवसर भयो । त्यसपछि पहिलेपनि मन्त्री भैसक्नुभएको व्यक्ति प्रेम सिंहसँग काम गर्ने अवसर भयो । उहाँपनि यो मन्त्रालय स्थापना भएसँगै मन्त्री हुनुभएको हो। त्यसपछि पनि आफ्नै पार्टीका नेता खासमा संसदमापनि हामी अझै धेरै मिल्ने, उहाँ जीवनबहादुर शाहीसँग काम गर्ने अवसर मिल्यो । उहाँपनि पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेर आईसक्नुभएको छ । सचिवज्यूपनि अनुभवका हिसावले, दक्षताको हिसावले अत्यन्तै प्रभावकारी रुपमा काम गरेको पाएँ । उहाँहरुको अनुभव अत्यन्तै प्रशंसा गर्न लायकको छ ।

हामीले मेलम्चीको पानी भनेको बेला ल्याउन सकिन्छ कि सकिँदैन भनेर बृहत्त छलफल गर्यौं । देशभरि नै खानेपानीको अभाव छ, शुद्ध खानेपानी एक घर एक धारा भन्ने नाराका साथ अघि बढायौं । यो नारा हामीले अगाडि सार्दै गर्दा यो काम समयमै सम्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने चूनौति थियो र छ । विभिन्न जिल्लामा यी कामका जगहरु हालिएको छ। यी कामहरु अब सम्पन्न हुन्छन् । यो ठूलो उपलब्धि हो । मुलुकको समस्या, अन्धाकारतिर धकेलिने हो कि उज्यालोतिर जाने भन्ने ठूलो चुनौति थियो । संविधान कार्यान्वयन गरेर अघि बढ्न सफल भएको छ । पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको छ । दोस्रो चरणको निर्वाचन हाम्रा पार्टी सभापति शेरबहादुर देउवा आज दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बन्दैछु । उहाँलाई म हार्दिक शुभकामना दिन चाहन्छु । संविधान संशोधनमार्फत तराई मधेशका समस्याहरु समाधान हुन्छ ।

केही सानातिना त्रुटिहरु भए होलान तर यी सबै कुराहरुलाई यहाँहरुले बिर्सनुहुनेछ भन्ने विश्वास लिएको छु । तराईका २० जिल्लामा जुन आर्सेनिकको समस्या छ, यी जिल्लाहरुमा ओभरहेडमार्फत पानी खुवाउने कार्यक्रम अघि सारेका छौं । यो लक्ष्यमा कतिपनि कमी आउन दिने छैनन भन्ने मेरो विश्वास छ ।

कर्मचारी साथीहरुबाट म अत्यन्तै प्रभावित छु । जनतालाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । केयुकेएलका समस्यालाई हामीले हल गरेर अघि बढेका छौं । म अत्यन्तै खुशी छु । मैले उल्लेख गरेका कुराहरु मुलुककै लागि ठूलो कुरा हो । यी सबै कामहरु तपाईहरुकै सहयोगले सफल भएको हो । हामीले सुन्दै आएका छौं कि मन्त्रीहरुले यहाँबाट विदा भएर घर जाँदै गर्दा साधनस्रोतहरु लिएर घर जाने गरेको । र, महिनौंसम्म वर्षौसम्म पनि प्रयोग गर्ने गरेको सुनेको छु। यसो नहोस् भन्नको लागि मैले प्रयोग गरेका साधनहरु अहिलेकै मितिबाट यही बुझाउने घोषणा गर्छु ।

धन्यवाद। नमस्कार ।



प्रतिक्रिया दिनुहोस्

Screenshot