Logo

क्रिकेटको नियम अनुसार भरतपुरमा देवी ज्ञवाली विजेता हुनपर्छ : ओली



काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दल नेपाली कांग्रेसप्रति कडा टिप्पणी गरेका छन् ।

मंगलबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई मधेशसँग सम्झौता गर्ने तर पालना नगर्ने पार्टी भएको आरोप लगाएका हुन् ।
ओलीको सम्बोधनको पूर्णपाठ :

हामीले नयाँ शिराबाट संसद सुचारु गर्ने सोच बनँएका छौ र प्राम्भ गरेका छौं। २० वर्ष पछि हुन लागेको स्थानीय तहनिर्वाचन। २८३ स्थानमा भएको छ त्यस मध्ये एउटा स्थानमा त बाँकी नै छ।२८२ स्थामा मात्र भयो दोस्रो चरणमा ४६१ स्थानमा बाँकी नै। त्यसको मिति सरीरहेको छ।

यो चुनावलाई स्वतन्त्र निश्पक्ष र धाधलीरहित सम्पन्न गर्नुछ। अर्कोतीर प्रदेश र संघीय निर्वाचन पनि संविधान अनुसार यही वर्षको माघ सात गते भित्र भइसक्नुपर्छ नत्र भने हामी संबैधानिक संकटमा पर्छौ।

स्थानीय तहको निर्वाचनको पहलोचरणमा देखापरेका सत्तपक्षबाट भएका हत्या हिंसा मतपत्र च्यात्ने धाधली गर्ने काम बन्द हुनुपर्छ। ती रोक्नेकुराकैं लागि संसदीय छानविन समिति बनाएका छौं। त्यसले भरतपुरसहितको छानविनबाट समयमै प्रतिवेदन दिने र बाँकी अघि बढ्ने निर्णय गर्नुपर्छ।

आधा भयो आधा बाँकी छ। यस्तो अबस्थामा सरकारविहिनताको अवस्था किन पर्यों। उहाँले नसकेर हो कि झण्झट लागेर हो कि सहयात्रीले काम गर्न नदिएर हो कि प्रधानमन्त्रीबाट आउला। उहाँलाई छोड्न हतार हो कि अरुलाई आउन हतार हो त्यो पनि आउँला।

तर प्रधानमन्त्री त छान्नु नै छ। अलिकति समझदारीका साथ जाँदा पनि हुन्थ्यो होला तर ऐले मत त्यतापटि जान्न चाहन्न। अघिल्ला दिन राजिनामा भोलीपल्ट नीति कार्यक्रम केही दिन कुरेर राजिनामा दिए पनि हुन्थ्यो होला। १६ गते राजिनामा दिदाँ पनि हुन्थ्यो होला।

एउटा निर्धा्रित कर्मकाण्डी नीति तथा कार्यक्रम कति कर्मकाण्डि रहेछ। एउटा प्रधानन्यायाधिसमाथी आफूले भने अनुरुप भएन भनेर ल्याएएको अरु के के हो के के । एक महिनामा छोडेर जादै हुनुहुन्छ। त्यस्तो विरुद्ध महाअभियोग।

मैले भन्यो त्यो अत्ययन्त अनुपयुक्त छ। यस ढंगले दलीय हैसियत र संसदको दुरुपयोग हुने भयो भने लोकतान्त्रका लागि दुर्भाग्य हुन्छ। फिर्ता लिनुस हामिले भन्यौ। केही दिन ढिला भए पनि फिर्ता लिनुभएको छ। धन्यवाद। कार्यसूचीमा छ।

परिस्थिति अलिकति विचित्र भयो। आजबाट प्रधानन्यायाधिसको म्याद सकिदैछ। हिजो पेन्सनपट्टा बनाउँन जाँदा उहाँमाथि महाअभियोग छ। बनाउन मिल्दैन भनेछ अर्थमन्त्रालयले। यस्तो आदेश कसरी हुन्छ। उहाँलाई महाअभियोग भएको कसरी थाहा भयो अनि किन फिर्ता भएको थाहा भएन। असहमतसँग यस्तो अपमानजनक व्यवहारगर्नु कसैले पनि मनासिव हुँदैन।

आजभन्दा अघि केही दिन स्थानीय तहको प्रथम निर्वाचनको क्रममा भरतपुर महानगरपालिकाकाको मत गणना अन्तिम अवस्थामा पुगेको बेला २९ वडा मध्ये वडा २० बाँकी थियो १९ वडाको तीन चौथाई बाँकी थियो। को संलग्न थियो म त्यहाँ सम्म नपुगौ किन भने यो सरम लागथ्ने विषय थियो। तर त्यहाँ सत्तापक्षकै उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यात् उनीहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लियो त्यसपछि मतगणना त्तकाल सुरु गर्नुपर्थ्यो तर वातावरण अन्तै लगेर पुन मतदान गराउने स्थिति श्रीजना भयो। र नभएको परिस्थिति भयो भन्ने मत च्यातिनेवित्तिकै मतगणनास्थल कब्जा भयो। जुन लोकतान्त्रकै लागि अत्यन्त डरलाग्दो पक्ष हो।

धेरे ठाउँमा हारजित भएकै छ। तर केही ठाउँमा हार्न मिल्दो रहेछन कस्कस्लाई हराउन नमिल्ने हो त्यो जानकारी प्रतिपक्षलाई पनि भए हामी पनि तयारी छौ। सरकारले कस्ले च्यातो मतपत्र भनेर सरकारले नै मुद्धा लगाएको छ। सरकारबाट नै मत पत्र च्यातेको सरकाकै निकायले गिरफ्तार गरेका छन्। त्यहाँ ड्युटिमा खटाएका सुरक्षा निकाय छन्।

त्यहाँ उठाइएको प्रकृति मुचुल्काले कब्जा भएको कतै उल्लेख छैन। हारेको कबुल गरिसकेको छ ।त्यही भएर मतपत्र च्यातियो ।त्यसैले एमालेले जितेको घोषणा गरिनुपर्छ ।

भारत र श्रीलंकाको क्रिकेटमा श्रीलंकाले द्द सय छद्द रनको तार्गेट दिएको थियोे तर रंगशालामा भारतले द्दण्ण् रन बनाएपछि समर्थकले खेल हुन दिएनन् ।त्यो खेलको बिजेता श्रिलंका घोषणा गरियो ।त्यसैले क्रिकेटको नियम अनुसार भरतपुरमा देवी ज्ञवाली विजेता हुनपर्छ ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने,प्रहरीलाई मुन्ट्याउने धम्कयाउने,निर्वाचन आयोगलाई आफुअनुकुल चलाउने काम भएको छ ।राज्यका निकायलाई आफु अनुकुल चलाउने काम भएको छ ।हिटलर कुनै राजघरानाबाट आएका होइनन् ।निर्वाचनमार्फत आएका हुन ।निर्वाचन आयोग स्वतन्त्र हुन सकेन ।हामी अदालत प्रति विश्वस्त भएर ,देशप्रति गम्भीर भएर संसद सुचारू गर्न दिएका छौ ।

लोकमानको महाभियोगका पक्षमा कांग्रेस बोल्न सकेन केही सांसद भने महाभियोगको पक्षमा देखिए ।तर प्रधान्यायधिशलाई महाभियोग लगउन कांग्रेस तयार भयो ।

हामी मधेस विरोधी होइन ।कांग्रेसभित्र विभेद भएका कारणले थुप्रै कांग्रेसका नेता तथा कार्यकर्ताले कांग्रेस छोडे तर एमालेमा त्यस्तो छैन । अहिलेसम्म मधेससँग सम्झौता गर्ने कांग्रेस हो पालना नगर्नेपनि कांग्रेस नै हो। ५१४ मा ५४ मान पदवी मधेसका भागमा परेछ । अझै तपाईहरू एमालेलाई मधेस विरोधी भन्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot