Logo

ससंदमा आफ्नो कुरा राख्दै प्रधानमन्त्रीका उम्मेद्धवार देउवा (लाईभ भिडियो)



काठमाडौं, २३ जेठ। प्रधानमन्त्रीका उम्मेद्धवार शेरबहादुर देउवा संसदमा आफ्नो भनाई राख्दैछन् ।

उनको सम्बोधनको पूर्णपाठ :

दुई दलबीच भएको सहमतिको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि मैले प्रधानमन्त्री पदमा उमेदवारी दिएको छु ।अहिलेको प्राथमिकता दोश्रो चरणको निर्वाचन समयमा हुनपर्छ भन्ने त्यसपछि माघ ठ भित्र केन्द्रीय र प्रान्तीय निर्वाचन गर्न पर्छ ।मधेसी जनताको भावनालाई समेटेर संविधान संशोधन विधेयक ल्याएका छौ ।यसको लागि प्रितपक्षको सहयोग जरुरी पर्छ ।ओलीको मधेस प्रतिको भनाइलाई आधार मान्ने हो भने यसमा सहयोग हुन्छ ।संशोधन विधेयक पास हुन्छ भन्ने विश्वास लिएको छु ।

लगानीको वातावरण बनाउन जरुरी छ ।उद्योगहरूमा लगानीको वातावरण बनाउन जरुरी छ ।संविधान बनेपछि लगानीको वातावरण बनेको छ ।विदेशी लगानी आकर्षण गर्ने र नेपालमा लगानी गर्ने ।ठुला ठुला र रणनीतिक महत्वका योजनालाई अघि बढाउन जरुरी छ ।भुकम्पबाट पिडितलाई राहत दिनपर्छ ।एकअर्कालाई दोष दिएर हुदैन ।म प्रधानमन्त्री चुनिए भने यी सबै विषयमा सहमति गरेर अघि बढ्नेछु ।

नेपालकाे राष्ट्रिय स्वार्थ के हाे ।यसलाई सम्बाेधन गर्नुपर्छ ।चीन र भारत दुवैसँग समान सम्बन्ध राख्नु पर्छ ।दुवै देशलाई हामीले नेपालको भुमि भारत र चीनका विरुद्ध प्रयाेग गर्न दिन्नाै भनेर अाश्वस्थ पार्नुपर्छ । संविधान संशोधन गर्नुपर्छ ।अार्थिक सुधारमा ध्यान दिनपर्छ ।पुर्वाधारकाे विकास गर्नुपर्छ,सडकको विस्तार गर्नुपर्छ जसले गर्दा उत्पादनलाई बजारसम्म लैजान सकिन्छ



प्रतिक्रिया दिनुहोस्