Logo

स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत



काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक दलले संविधानको कार्यान्वयनलाई प्राथमिता दिन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले निर्वाचन प्रक्रियालाई अझ स्वतन्त्र, भयरहित र शान्तिपूर्ण बनाउन स्थानीय तह निर्वाचन पहिलो संशोधन आवश्यक रहेको चर्चा गर्दै संशोधन लामो सूची नरहेको जानकारी दिनुभयो ।

सो विधेयक प्रस्तुत नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकार गरेको थियो ।

सदनको आजको बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्नेसम्बन्धी सूचनालाई सहमति जनाएको थियो । कार्यव्यवस्था समितिको जेठ १७ गतेको बैठकले महाअभियोग फिर्ता लिन परामर्श दिएको थियो ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको थियो । सदनको बैठक आजै १५ मिनेटका लागि स्थगित भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot