Logo

ओलीलाई प्रचण्डको प्रश्न: तपाईलाई भन्नलाई के लाज भन्नुस्, गर्नेलाई पो लाज होला ?



काठमाडौं, २३ जेठ। प्रधानमन्त्री एवं माओवादीक केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रमुख प्रतिपक्षीविरुद्ध खनिएका छन् । व्यवस्थापिका संसदमा सम्बोधन गर्ने दाहालले प्रमुख विपक्षी दल भरतपुरमै बढी केन्द्रीत भएको भन्दै आक्रोशपूर्ण जावाफ दिएका हुन् ।

प्रमुख विपक्षी दल एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओली भरतपुर घटनामा बढी केन्द्रीत भएको भन्दै दाहालले भने, ‘भरतपुरको घटनालाई लिएर लोकतन्त्रमाथि नै प्रश्न उठाइयो । तपाईहरुलाई कति प्रमाण चाहियो लोकतान्त्रिकरणको इतिहासको ? १२ बुँदे समझदारी देखि मैले प्रधानमन्त्रीबाट राजीनामा दिएको दिन सम्मको ।’ मेरो प्रश्न छ, तपाईहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ?

प्रधानमन्त्री दाहालले प्रमुख विपक्षी दलका नेता ओलीप्रति इंकित गर्दै भने, ‘उहाँले भित्र भित्रै भनौँ भने लाज लाग्छ । म त भन्छु भन्नुस् सबै भन्नुस् । भोग्न तयार छु । लुकिछिपि त के हो के भन्नु भो उहाँले । तपाईलाई भन्नलाई के लाज भन्नुस् । गर्नेलाई पो लाज होला ।’ मैले पटक–पटक भने हारजित ठूलो कुरा होइन । चुनाव हुनु ठूलो कुरा हो ।

भरतपुरमा एमाले उम्मेदवारको ४ हजार मतान्तर रहेको अवस्थामा मैले मेरो पार्टीको उम्मेदवार अर्थात् मेरो छोरी रेणु दाहाललाई अन्तरमनले तिमिले जित्यौ भने पनि जित्यौ हारको खण्डमा पनि जित्यौ चुप लागेर बस्नु भनेको थिए, दाहालले सुनाए ।

यस्तै, प्रधानमन्त्री दाहालले सबैको आँखा भरतपुरमा गएकाले अब सबै भन्दा बढी पारदर्शी हुने बताए । उनले भने, ‘जहाँ अदालत, निर्वाचन आयोग, सदन र दलहरु सबैको आँखा परेको छ । त्यहाँ भन्दा पारदर्शी अन्त कहाँ हुन सक्छ र ?’ प्रधानमन्त्री दाहालले आफ्नै पहलले सेना समायोजन भएको र संविधान जारी भएको लामो दृष्टान्त सुनाए । दलहरुबीच पटक–पटक राष्ट्रिय सहमतिको वातावरण बनाएको समेत दाहालले ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्