Logo

दृष्ट्रिविहीन विद्यार्थीलाई सुविधायुक्त मोबाइल वितरण



पोखरा, २४ जेठ । अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल वितरण गरेको छ ।

सबै प्रकारका अडियो तथा विद्युतीय पुस्तक पढ्न मिल्ने सफ्टवेयरसमेत समावेश भएको सामसुङ अन सेभेन प्रो मोबाइल संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले वितरण गर्नुभएको थियो ।

पृथ्वीनारायण क्याम्पसका १२ जना र अन्य दुई गरी १४ जना विद्यार्थीलाई वितरण गरिएको मोबाइल पाउनेमा १० जना छात्रा र चारजना छात्र रहेका छन् । संस्थाले मोबाइलसँगसँगै उनहरुले अध्ययन गर्न मिल्ने पुस्तकसमेत उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्