काठमाडौं २४ जेठ । आज सानो आकारको मन्त्रिपरिषद गठन हुने भएको छ । माओवादी केन्द्रबाट तीन र कांग्रेसबाट तीन जनाको नाम तय भएको छ । नेपाली कांग्रेसले पहिलो चरणमा मन्त्रीका लागि तीन जनाको नाम तय गरेको छ ।
नेता गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरलाई पठाउने निर्र्णय गरेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले नाम दिन मानेनन । श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात, कार्कीले अर्थमन्त्रालय सम्हाल्ने भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।
मन्सुरको मन्त्रालयका विषयमा तय हुन बाँकी छ । श्रम वा स्वास्थ्य मध्ये एक दिने स्रोतको दावी छ । माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, जर्नादन शर्मा र प्रभु साहको नाम तय भएको छ । महराको नेतृत्वमा माओवादी सरकारमा सहभागि हुनेछ । महराले परराष्ट्र, शर्माले गृह पाउने नश्चित भएको छ । साहको मन्त्रालयको नाम टुङगो लागेको छैन ।