काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले नेतृत्व गर्ने भएका छन् ।
महरा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् । त्यस्तै माओवादीलेजनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बनाउने निर्णय भएको छ । र मधेशको प्रतिनिधित्व गर्ने प्रभु साहलाई भने अहिले विना विभागीय मन्त्रीको रुपमा पठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।