Logo

गर्व छ मलाई – सुधा राना



काठमाडौं, २५ जेठ । दाङ देउखुरीकी कवि सुधा राना नेपाली साहित्यमा लगभग भिजि सकेको नाम हो । उनले धेरै विधामा कलम चलाउछिन् । कविता उनको मुख्य रोजाईको विधा हो ।

त्यस पछि गजल, मुक्तक, तान्का, रुवाई लगायत अन्य विधामा उनले कलम चलाउछिन्। सालिन स्वभावकी धनि राना हाल राजधानीमा कर्म गरिहरेकी छिन् ।
उच्चशिक्षा अध्ययनको क्रमममा छन् । त्रिभूवन विश्व विद्यालय किर्तिपुरमा स्नाकोत्तर पहिलो वर्षमा अध्ययनरत रानाका तमाम कविता गजल रचना भएपनि तत्काल कुनै पुस्तक प्रकाशन नगर्ने बताउछिन् । सर्जक र सिर्जनामा उनको यो कविता :

शिर्षक – ‘गर्व छ मलाई’

लेख्नेहरुले नारीलाई फुल भनेर
लेखे
देख्नेहरुले नारीलाई धर्ति भने
छाम्नेहरुले नारीलाई नौनी भने
ओढ्नेहरुले नारीलाई आकास भने
हो म फुल हु र त च्यातिरहेछौ
मेरा अङ्गप्रत्याङ्गहरु कति बहादुरी
बन्दै ।

हो म धर्ति हु र त
मेरो निर्मम छातीमा तिमी बुट
बजार्दै परेड खेलिरहेछौ।

हो म आकास हु र त
तिम्रो एक मुड्की र लातले पनि
झरी लगाई दिन्छ मेरा
आँखाहरुले दिनभर
हो म पक्कै हु आकास
तिम्रो एक चिम्टी सिन्दुरले पनि
वर्षौ वर्षसम्म हराभरा बनाई दिन्छ
तिम्रो जीन्दगी
प्रेमको सिचाई गरेर।

हो म चिच्याएर भन्छु
म नौनी पनि त हु
र त मन परी खान्छौ तिमी
मनपरी दल्छौ तिमी
शरीरको अङ्गप्रत्याङ्गमा
जब अघाएर मटक्क भयौ भने
कति सजिलेै हुत्याई दिन्छौ
भुइमा।

त्यसैले गर्व छ मलाई
म नौनी हुनुमा।
गर्व छ मलाई
म आकास हुनुमा।

म छाती पिटी पिटी भन्छु
गर्व छ मलाई
म फुल हुनुमा
तिमीले मनपरी कुल्चने धर्ति
हुनुमा।



प्रतिक्रिया दिनुहोस्

Screenshot