Logo

एमाले अध्यक्ष ओलीले हेरे चलचित्र ‘रातो घर’



काठमाडौं, २६ जेठ । प्रतिपक्षमा बसेर सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र ‘रातो घर’ हेरेका छन् ।

बिहीवार दिउँसो अध्यक्ष ओली, उपाध्यक्ष भीम रावल, सुवास नेम्वाङ लगायतले तीनघण्टा चलचित्र हेरेर बिताए । विल्सन बिक्रम राई‘‘तक्मे बुढा’ अभिनित चलचित्र ‘रातो घर’ हेर्न बीग मुभिज पुगेका यि नेताले रातो घरको रोमान्स र एक्सनले प्रभावित पारेको बताएका छन् ।

चलचित्रका मुख्य पात्र तक्मे बुढा ओलीलाई मन परेको बताउछन् । त्यस्तै नेपाली चलचित्रको विकास क्रमिक रुपमा प्रगती तर्फ बढेको प्रतिक्रिया दिएका छन् ।

विदेशमा भने चलचित्र ‘रातो घर’ प्रदर्शन भइसकेको छ । विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, जिेतन तामाङ लगायतका कलाकारको अभिनय रहेको चलचित्रका निर्देशक विल्सन विक्रम राई हुन् ।

हरि लामाको छायांकन रहेको चलचित्रलाई हरि लामाले छायांकन गरेका छन् । यो चलचित्रमा झापाको प्रसंग र दृष्य भएकाले पनि ओलीलाई छोएको अट्कल गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot