Logo

बिध्यार्थिको कानुनि मोह !



तेजेन्द्र समशेर पाण्डेय ,अर्घाखाँची | अदालतले कानुनि शिक्षा प्रदान गर्न थाले पछि माध्यामिक तहका बिध्यार्थिहरुले  कानुनि शिक्षा लाइ चासोको रुपमा लिने गरेका छन् |
बिध्यालयमा पठनपाठन हुने शिक्षा  संगै कानुन सम्बन्धि जानकारी पनि अपरिहार्य हुने बिध्यार्थिको बुझाइ छ | अर्घाखाँची जिल्ला अदालतले शुक्रबार अदालतमा आयोजना गरेको बिद्यार्थी कानुनि शिक्षामा सहभागी भय पश्चात जिल्लाको सदरमुकाम स्थित अर्घाखाँची आवासीय उच्च मा बि का विद्यार्थीले कानुन प्रतिको मोह प्रकट गरे |
कक्षा १० मा पढ्ने छात्र र छात्रा गरि  करिब ३० जना बिध्यार्थिलाई अदालतले अदालतमै कानुनि शिक्षा प्रदान गरेको हो |उक्त कक्षामा  जिल्ला न्यायाधिस केसवप्रसाद बास्तोला,सहायक जिल्ला न्याधिबक्ता रोमाकान्त  ज्ञवाली ,अदालतका स्रेस्तेदार  मोहन बेल्बासे ,अधिबक्ताहरु  जगन्नाथ भुसाल र बिजय खत्रीले नेपालको  संबिधान,कानुनि प्रणालि,अदालतका कार्यहरु लगायतका बिसयमा शिक्षा प्रदान गरे |
अदालतका कर्मचारीहरुले आ आफ्ना   कार्य कक्षमा     लगेर बिध्यार्थिलाई त्यस कार्यकक्षका सम्बन्धमा जानाकारी गराय |कानुनको  पहुच आम जनतामा सर्वसुलभ तबरले पुर्याउनका निम्ति बिद्यार्थी कानुनि शिक्षा शुरु गरियको न्यायाधिश बास्तोलाले  बताउनुभयो |
यहि  जेठ ५ गते देखि नियमित रुपमा प्रत्येक शुक्रबार जिल्ला अदालत अर्घाखाचिले बिध्यार्थि कानुनि शिक्षा प्रदान गर्दै आइरहेको छ |


प्रतिक्रिया दिनुहोस्

Screenshot