Logo

कर्णाली करिडोरमा यातायात व्यवसायीद्धारा चर्को भाडा असुली



लंकराज धमाला, कालिकोट, २७ जेठ । ट्राफिक प्रहरी कालिकोटले कर्णाली करिडोरमा सञ्चालन गरिएका ६ ओटा रारा कर्णालीका सार्बजनिक जिपलाई कारबाही गरेको छ ।

जितेगडा देखि फुंगाड आरसिपि बजारमा चल्ने ६ ओटा सार्बजनिक जिबलाई कारबाहि गरिएको ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक कबि सेन्चुरीले बताएका छन् ।

कर्णाली करिडोरमा तोकिएको भाडादर भन्दा दोब्बर भाडा असुलि गरि जिप सञ्चालन गरेको, ब्लुबुक, प्रमिट, जाचपास, र बिमाको कागजात साथमा नबोकेको, यात्रुलाई नियमित तरिकाले सेवा सुबिधा दिनुपर्नेमा आफु खुसि संञ्चालन गर्ने गरेको र यात्रुहरुलाई दुब्यवहारगर्ने गरेको, यात्रुहरुको साथमा लिन पाउने लगेजको सम्मेत जबर जस्ती भाडा असुलि गर्ने गरेको पाईएको छ ।’

प्रहरि निरिक्षक सेन्चुरीले भने,‘यात्रुबाहक सवारी साधनमा यात्रु भन्दा बढी व्यवसाहिक मालसामान बोकेको, सावारी साधनको अबस्था ठिक राख्न ध्यान नदिई कोचकाच यात्रु बोकि सास्ती दिने गरेको, यात्रुलाई यात्रु टिकट नदिई सवारी चलाउने समितिको शुल्क नतिरेको र चलानि सम्मेत नलिई आफुखुसि हिड्ने गरेको भन्दै ६ ओटा सवारी साधनलाई सवारी तथा यातायत व्यबस्था ऐन २०४९ बमोजिक कारबाहि गरिएको प्रहरी नायब निरिक्षक सेन्चुरीले बताए ।

निरिक्षक सेन्चुरीले अघि थपे,‘पछिल्लो समय दिनहु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण कालिकोटमा दुर्घटनामा समेत कमी आउँन थालेको छ, टा«फिक प्रहरीले सडकमै सवारी चालकलाई बिभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्देै आएको छ, सक्रियता कै कारण पछिल्ला महिनाहरुमा सामान्य र्दुघटना बाहेक गम्भिर प्रकृतिका र्दुघटना भएका छैनन्।’

त्यस्तै राष्कोट नगरपालिका र पचाझर्ना गाउपालिकाको केन्द्र बिन्दु भातडी बिचमा पर्ने भएको हुदा तेहाको यात्रु बिरामिलाई सम्मेत नबोक्ने गरेको तेहाका स्थानिय बासि राम बहादुर ऐडिले बताएका छन् ।

उनले भने,‘जितेगडाबाट सिदै भुगाड, भुगाडबाट सिधै जितेगडा सम्मका यात्रु मात्र बोक्ने गरेका छन्, यदि सुनुवाई नगरे गाडि बन्दगर्ने समेत चेतावनी दिन्छन्, सार्बजनीक यातायात सेवा सुरक्षित ब्यवस्थित, मर्यादित, निर्मित र जनमैत्री बनाउँनुको साटो व्यबसायीले बढि भाडा असुलि गर्ने, आफुखुसी सञ्चालन गरि यात्रुहरुलाई सास्ती दिनेकाम गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot