Logo

मनसरा बचाउ अभियान कोररियामा सञ्चालन



लंकराज धमाला : कालिकोट २७ जेठ । कालिकोट जिल्लाको राष्कोट नगरपालिका वडा नं. ३ बर्केढुङगा जनमिनु भएका २३ बर्गिाय युवा सबराज शाहिले कोरियामा मनसरा बचाउ अभियानका लागी रकम संकलन सुरु गरेका छन ।

१ बर्ष पहिले कामको सिलसिलामा कोरिया पुगेका शाही अहिले राष्कोट नगरपालिका वडा नं ७ मनसरा लुवारलाई बचाउनका लागी रकम संकलनमा लागेका हुन्।

अहिले सम्म १ लाख नेपाली रकम संकलन गरेको र अझै अभियान निरन्तर चलिरहेका बताएका छन्। उहाका अनुसार मनसरा लुवारलाई उपचार गर्नेका लागी आफु यो अभियानमा निरन्तर लागी रहने बताएका छन् ।

अहिले कोरिमा रकम संकलन अभियानका लागी कोरियामा रहेका नेपाली कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका घर भई कामको सिलसिलामा कोरियामा रहेका नन्द बाहादुर शाही,सुनिल हमाल,आस्थाबिन्दु मल्लले सहयोग गरिरहेका बताउनु भएको छ ।

कालिकोट रास्कोट नगरपालिका ७ कि ४ वर्षीया मन्सरा लुवारले अचम्मको स्वास्थ्य समस्या भोग्नुपरेको छ। दुई वर्षअघि कुलोमा लडेकी उनको दाहिने आँखामा ५ सय ग्राम बढी तौलकोको मासुको डल्लो देखिएको छ।

मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर छ महिना पहिले क्यान्सरमा परिणत भएको बालिकाकोलाई लिएर उपचारका लागि काठमाडौँ हिडेका उनका आफन्त कालीबहादर महाताराले बताएका छन्। मन्सरा लुवार रने लुवारका ६ सन्तानमध्ये कान्छी हुन्।



प्रतिक्रिया दिनुहोस्