Logo

दोश्रो राष्ट्रिय अन्तर मिडिया फुटसल हुने



काठमाडौ । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउनको पहिलो साता सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप २०७४ आयोजना हुने भएको छ ।

खेल क्षेत्रको विकाससँग सँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उदेश्यका साथ फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले शनिबार ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोेगितामा काठमाडौं उपत्यकामा रहेका सबै सञ्चार माध्यमहरुले भाग लिन सक्नेछन् ।

प्रतियोगिता साउनको पहिलो साता गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैसेपाटीस्थित फुटसल मैदानमा हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक केशव थापाले पत्रकारको परिवारलाई सहयोग गर्नका लागी प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै आगामी दिनमा पनि बिबिध कार्यक्रम गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा खेल संयोजक पत्रकार दिलिप थापा मगरले यस बर्षपनि बिभिन्न टेलिभिजन , पत्रपत्रिका , रेडियो तथा अनलाईन मिडियाको टिमको सहभागीता हुने बताउनुभयो । उहाले पत्रकारबिचको एकतालाई प्रगाढ गर्दे सहयोगी भावनाको बिकास गर्न यस प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा बिजयी हुने प्रथम द्धितिय र तृतिय टोलीलाई नगद पुरस्कार सहित सिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई पिनाकल कलेज लगनखेलले प्रायोजन गरेको आयोजकले जनाएको छ । त्यस्तै रेडवुलले सहप्रायोजन गरेको छ ।

यसअघि एक बर्षअघि भएको पहिलो राष्ट्रिय अन्तर मिडिया फुटसल कप २०७३ को उपाधी ईमेज टेलिभिजनले जितेको थियो भने नेपाल टेलिभिजन दोश्रो भएको थियो ।



प्रतिक्रिया दिनुहोस्