Logo

भूकम्पप्रतिरोधी भवन निर्माणका लागि तालिम सम्पन्न



धुलिखेल, २८ जेठ । भूकम्पपछिको निजी आवास पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव भइरहेका बेला जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेको आयोजना एवम् सहरी विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको मुख्य डकर्र्मी तालिम शनिबार सम्पन्न भएको छ ।

काभ्रे जिल्लामा भूकम्पपछिको निजी आवास निर्माणमा थप सहयोग पु¥याउने उद्देश्यले भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिमको आयोजना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेका उपप्रमुख अशोक अधिकारीले बताउनुभयो ।

उहाँका अुनसार जिल्लाको बनेपा, पनौती, धुलिखेल, तेमाल गाउँपालिकाको मेच्छे र कुरुवासचापाखोरी एवम् महाभारत गाउँपालिकाको गोकुलेमा गरी पाँच ठाउँमा तालिम सञ्चालन भइरहेको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले तालिमबाट उनीहरुले प्राविधिक, व्यावहारिक र नेतृत्व क्षमताको समेत सीप विकास गर्ने बताएका छन् ।

सात दिनसम्म चलेको उक्त तालिममा १८० जना डकर्मीको सहभागिता रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेले जनाएको छ ।

अधिकारीका अनुसार तालिम लिएकाहरुले अब पुनःनिर्माणमा खटिएका डकर्मीलाई कसरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने भन्ने विषयमा सिकाउनेछन् ।

“अहिले हामीले तालिम सञ्चालन गरेका ठाउँमा मुख्य डकर्मीका लागि तालिम दिएका छौँ, त्यसबाट उहाँहरुले ती पुनःनिर्माणका क्षेत्रमा काम गरिरहेकालाई थप विधि र नियमका बारेमा जानकारी दिएर सहयोग गर्नुहुनेछ”– अधिकारीले भन्नुभयो ।

तालिममा सहभागीले पनि आफूहरुले काम गर्दै आएको तरिकाभन्दा भिन्न रहेकाले सो तालिम प्रभावकारी रहेको बताएका छन् । मैले १०-१२ वर्ष भयो घर निर्माणको काम गर्दै आएको, तर पहिलादेखि गर्दै आएको भन्दा धेरै भिन्न तरिकाले बनाउनुपर्ने रहेछ – पनौती–९ सन्थानका प्रभुराम श्रेष्ठले भन्नुभयो । उहाँले आफूहरुले बनाउँदै आएको घर निर्माणको प्रक्रियामा धेरै त्रुटि गर्दै आएको पाइएको बताउनुभयो ।

“पहिला घर निर्माण गर्दा बढी खर्च हुन्छ भन्दै काम सकाउने गरी ग¥यौँ, तर त्यसरी बनाएको घर जोखिमयुक्त हुँदोरहेछ । अहिले तालिम लिएपछि थाहा पायौँ, उहाँले भन्नुभयो “अब राम्रैसँग बनाउन सकिन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्