Logo

सानिमा बैंक शाखा कालिकोटद्धारा १५ हजारको चेक हस्तान्त्रण



कालिकोट २८ जेठ । सानिमा बैकं लिमिटेड शाखा कालिकोटद्धारा मनसरा लुवारको उपचार सहयोगका लागी पन्ध हजारको चेक हस्तान्त्रण गरिएको छ ।

कालिकोट जिल्लाको राष्कोट नगरपालिका वडा नं ७ कि ४ बर्षिय बालिका मनसरा लुवारको आखामा देखिएको क्यानसरको उपचार सहयोगार्थ उक्त चेक हस्तान्त्रण गरिएको हो ।

मनसरा लुवारका छिमेकि तथा पत्रकार लंकराज धमाला मार्फत पीडितलाई चेक हस्तान्त्रण गरिएको सानिमा बैकं शाखा प्रबन्धक मनिष मान श्रेष्ठले जानकारी दिए ।

आजसम्म कालिकोमा रहेको शानिमा बैकंको खातामा १ लाख ९२ हजार ५ सय ३८ रकम जम्मा भएको बैकंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot