Logo

राजपा चुनावमा आउनेबारे अर्थमन्त्री कार्की विश्वस्त



काठमाडौं, २८ जेष्ठ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय जनता पार्टी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

अर्थमन्त्री कार्कीले सरकारले राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी गराउनकै लागि राजनीतिक दलसम्बन्धि ऐन, २०७३ पुनः संशोधन गर्ने निर्णय लिएको बताए।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी हुन राजनीतिक दलसम्बन्धि ऐन संशोधनले झनै सहज बनाउने दावी गरे।

त्यस अवसरमा मन्त्री कार्कीले सरकारको मुख्य प्राथमिकता तीनवटै तहको निर्वाचन सम्पन्न गर्नु र संविधानको स्विकार्यताको दायरालाई बढाउँदै लैजानु रहेको पनि स्मरण गरे।

सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन प्रस्ताव पारित गर्न भने नसकिने जनाउँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot