Logo

राजपा नेपालको उर्दी : सबै मधेशी काठमाडौं छोडेर मधेशमा चुनावको प्रतिकार गर



राजेन्द्र महतोको चेतावनी : देउवाले ०५२ सालमा माओवादी जन्माए, अब ०७४ मा के गर्न खोजेका हुन ?
काठमाडौं, २८ जेठ । राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा बस्ने सबै मधेशी नेता तथा कार्यकर्ताहरुलाई भोलिबाटै उपत्यका छोड्न उर्दी जारी गरेका छन् ।

आईतबार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेलगत्तै पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष ठाकुरले भोलिबाटै काठमाडौंमा बस्ने मधेशी नेता, कार्यकर्ता तथा जनतालाई उपत्यका छोडेर तराई मधेशमा जानको लागि आह्वान गर्ने जानकारी दिए । उनले भने,‘भोलि नै हामी काठमाडौंमा बस्ने सबै मधेशी जनताहरुलाई तराई जानको लागि उर्दी जारी गर्छौं, मेरो बिचारमा अब काठमाडौं रित्तिन्छ् ।’

उनले यसपटक मधेश आन्दोलन वारपारको लडाई हुने समेत दाबी गरे ।

त्यस्तै अर्का शीर्ष नेता राजेन्द्र महतोलेपनि यसपटकको आन्दोलन वारपारको लडाई हुने बताए । महतोले ऋषि धमलाको नाम लिएरै भने,‘ऋषिजी पहिला नाकाबन्दीको आन्दोलन गर्दापनि मैले तपाईसँग भनेको थिएँ, हेर्दै जानुहोला हामी काठमाडौंमा दानापानी बन्द गर्छौं, तर नाकाबन्दीसम्म पुग्यो।’

यसपटपनि उनले मधेश आन्दोलनलाई निश्कर्षमा पुर्याएरै छाड्ने उद्धघोष गरे । राजपा नेपालले आज विशेष पत्रकार सम्मेलन गरेर नै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

राजपाले घोषणा गरेका कार्यक्रमहरुमा १, जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन,२, जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने, ३, जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ प्रचार, ४, असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण, ५, असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने, ६, असार ३ र ४ गते शहीदहरुका तस्वीर प्रदर्शन, ७, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन, ८, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध र्पुयाउने, ९, असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकर्ल याली निकाल्ने, १०, असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot