Logo

विश्वकप छनोटः इटालीको शानदार जित, इटाली र स्पेनको अपराजित यात्रा जारी



काठमाडौं, २९ जेठ। अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल छनोटका खेलहरुमा इटाली र स्पेनको अपराजित यात्रा जारी छ ।

समूह ‘जी’अन्तर्गत् आइतबार राति भएको खेलमा स्पेनले मेसेडोनियालाई २–१ ले हरायो । स्पेनका लागि डेभिड सिल्भा र डिएगो कोस्टाले एक–एक गोल गरे । यही समूहको अर्को खेलमा इटालीले लिचेस्टाइनलाई ५–० ले पराजित गर्दा इजरायलले अल्बानियालाई ३–० ले पाखा लगायो ।

यी खेलहरुपछि समूहको शीर्ष स्थानमा रहेका इटाली र स्पेनले समान ६ खेलबाट १६ अंक जोडेका छन् ।विश्वकप छनोटअन्तर्गत् आइतबार राति भएको समूह ‘डी’का तीनओटै खेल बराबरीमा टुंगिएका छन् ।

सर्बिया र वेल्सले १–१ गोलको बराबरी खेल्दा मल्दोभा र जर्जियाले २–२ गोलको तथा आयरल्यान्ड र अष्ट्रियाले १–१ गोलको बराबरी खेलेका छन् ।विश्वकप छनोटअन्तर्गत् समूह ‘आइ’का खेलहरुमा टर्कीले कोसोभोलाई ४–१ ले हराउँदा आइसल्यान्डले क्रोएसियालाई १–० ले तथा युक्रेनले फिनल्यान्डलाई २–१ ले हराएका छन् ।एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot