Logo

भगतसिंह कोशीयारीको प्रश्न : ओलीजी तपाईलाई प्रधानमन्त्री भारतले बनाएको हो त ? (भिडियोसहित)



काठमाडौं, २९ जेष्ठ । भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल–भारत मामिलाका जानकार भगतसिंह कोशियारीले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता कोशियारीले यस्तो बताएका हुन् । उनले नेपाल पछिल्लो समय समृद्धिको बाटोमा अघि बढिरहेको समेत बताए । नेपालका राजनीतिक दलहरुवीचपनि आपसी समझदारी समेत बनिरहेको जनाए ।

उनले नेपालमा हुन गैरहेको स्थानीय तहको निर्वाचनप्रति आफूहरु निकै खुशी भएको बताए । उनले भने,‘मलाई चुनाव समयमै सम्पन्न हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु।’

पत्रकार धमलाले महन्थ ठाकुर लगायतका नेताहरुले त चुनाव हुन दिन्नौं भनिरहेका छन् नि त भनेर गरेको प्रश्नमा भने,‘अरे, महन्थ ठाकुर त नेपालका गन्यमान्य नेता हुन्, ठाकुरजी कोही भारतको नेता होईन, उनी भारतको एजेन्ट होईनन्, उहाँ त नेपालका जानेमाने प्रतिष्ठित नेता हुनुहुन्छ।’ उनका अनुसार महन्थ ठाकुर सुझबुभ भएका नेता हुन् । नेपालका दलहरुवीच देखिएका समस्या अरु कसैले समाधान नगर्ने र नेपाल स्वयमले गनुएपर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्