Logo

लगानी गरेर कलाकार बन्ने कार्य गलत हो : मोडेल सम्मृद्धि पौडेल



धनराज वास्तविक : काठमाडौं, २९ जेठ । नेपाली गीत संगीतको विकास र विस्तारको लागि नयाँ पुस्ता डटेर लागेको कुरा नर्कान मिल्दैन ।
एकपछि अर्कोगर्दै नेपाली गीत संगीतको बजारमा नयाँ अनुहार हाजिर हुनेको संख्या बढ्दैछ । यहि यात्रामा सिन्धुपाल्चोक, वलेसि गाउँपालिकामा जन्मेकी सम्मृद्धि पौडेल पनि एकहुन ।

उनि सारै नयाँ अनुहार पनि होईनन् । केही पुराना सर्जकको सामु राख्ने हो भने मात्र नयाँ भन्नमिल्ला । अर्कोतर्फ सर्जक नयाँ र पुराना पनि त हुँदैनन्। हुन्छन् त केवल सर्जक मात्रै हुन्छन् । सालिन स्वभावकी, सुन्दर अनुहारकी धनी मोडेल पौडेल साँगीतिक क्षेत्रमा लागेको करिब तिनवर्ष जति भयो बनेर बताउछिन्। आर.आर क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत पौडेल यसै क्षेत्रमा जिन्दगी विताउँने बताउँछन् ।
कलाकारसँग १० प्रश्नका १० उत्तरमा उनै पौडेलसँग कुुुुराकानि गरेको छु ।

१, कति भयो यो क्षेत्रमा लागेको ?

करिब तिन वर्ष भयो । रुचि सानै देखिको हो ।

२, तिन वर्षभित्र कतिजति भिडियोमा अभिनय गर्नु भयो ?

आधा दर्जनजति आधुनिक गीत, दुईवटा नाटक र विज्ञापनमा अभिनय गरेकी छु ।

३, गीत संगीतमा लागेर बाच्न मुस्किल छ भन्छन् नि ?

एक्दमै सहि हो यो प्रश्न हो । नेपाली गीत संगीतको बजार सानो छ । सबैले गीत संगीतको बारेमा बुझेका छैनन् । केवल मनोरञ्जनको साधन बनाएका छन् । गीत त्यतिमात्रै होईन । गीत त पहिचान हो । राष्ट्रियता हो । मौलिख पन हो । हाम्रो जीवनसँग जोडिएको विषय हो ।

यतिका कुरा भूलेर गीत संगीतमा भिकारी बनाउँने, यस क्षेत्रमा लागेका मानिसलाई हेर्ने नजर निचराख्ने यो राम्रो होईन । सुरु मै यसै क्षेत्रमा लागेर बाँच्न गाह्रो हुन्छ तर विस्तारै भिझ्नु पर्छ । एकदिन राम्रैसँग बाँच्ने वातावरण आउँछ ।

४, नेपाली गीत संगीतको स्तरोन्नती कसरी गर्न सकिन्छ ?

हाम्रो गीत संगीतको विषयलाई लिएर विभिन्न काल खण्डमा विभिन्न टिका टिप्पणी आउँनुका पछाडी नेपाली गीत संगीतको गुणस्तर पनि जोडिएको हुन्छ । हाम्रो यो क्षेत्रमा लगानी कम छ । जति लगानी लगाए पनि सबै वालुवा पानी खन्याए बराबर सावित हुन्छ । त्यहि भएर पनि हामी माथि उठ्न समय लाग्छ । पैसा तिरेर कलाकार बन्ने काम भएको छ । राम्रा प्रतिभा भएका कलाकार थन्किनुपर्ने स्थीति छ । गती संगीतलाई भद्रगोल बाट टाढा राख्नुपर्छ ।

५, यो क्षेत्रमा लाग्नेहरूलाई के भन्नु हुन्छ ?

सबैभन्दा पहिले यस क्षेत्रको ईतिहास, ऐतिहासिकता, हाम्रो मौलिक पहिचान बुझेर आउँन आग्रह गर्दछु । मैले भनेका कुरा जान्नको लागि कुनै विश्वविद्यालय पढ्नु पर्दैन । हाम्रा अग्रज र विगतमा निमार्ण भएका साँगीतिक साधनलाई हेर्दा हुन्छ। यति भयो भने हाम्रो गीत संगीतको क्षेत्र व्यापक बन्छ ।

६, तपाईलाई मन पर्ने विधा कुन हो ?

उपन्यास ।

७, अनि मनपर्ने गायक – गायिका ?

पशुपति शर्मा र विष्णु माझि

८, मन पर्ने नायक – नायिका ?

आर्यन सिग्देल र नम्रता श्रेष्ठ

९, मन पर्ने नेता ?

प्रचण्ड । किन कि उहाँसँग जनताको बीचमा उपस्थित हुने शैलि भाषण दामी लाग्छ । नेतृत्वगर्ने क्षमता छ । के.पी शर्मा ओली पनि मनपर्ने नेता हो । उहाँ हसाउँनु हुन्छ । त्यस्तै गगन थापा मनपर्ने यूवा नेता हो । त्यसैमा म स्वयम पनि लोकतन्त्रलाई विस्वास गर्ने मानिस हो ।

१०, अन्त्यमा केही सुझाव छ समग्रमा ?

मेरो अभिनय रहेका गीतहरू बजारमा आउँदैछन् । हेरेर साथ दिनुहोला । सुझाव दिनुहोला । गीत संगीतलाई कञ्चन गंगा जस्तै बनाउँने हो भने सबैले यसको मर्म बुझन पर्छ । यो क्षेत्रमा सरकारले नै लगानीको वातावरण निमार्या गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot