Logo

भूकम्पपीडितलाई तोकिएकै मितिमा ट्याक्सी नम्बर वितरण गर्न माँग



काठमाडौं, २९ जेठ । वि.सं.२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाका संरक्षक दीपककुमार राउत क्षेत्रीले भूकम्पले अत्यधिक क्षति पु¥याएको १४ जिल्लाका पीडित ट्याक्सी चालकलाई ट्याक्सी दर्ता प्रक्रियाको आधारमा जिल्ला विभाजन गरी चिट्ठा खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

उनले पीडितले फारम भर्नका लागि समेत अनेक कष्ट व्यहोर्नु परेको र आर्थिक व्ययभार बढेको जानकारी दिए । सो कार्यका लागि झन्डै एक लाख ५० हजारको आवेदन परेको थियो ।

उक्त संस्थाले भूकम्प पीडितको लागि वितरण गर्ने भनिएकोे ट्याक्सि नम्बर तोकिएको समयमै वितरण गर्नुपर्ने भन्दै ९ बुँदे माग अघि सारेको हो । उनीहरुले अघि सारेका माँगहरुमा दरखास्त बमोजिम प्रत्येक जिल्लाको प्रतिशत विभाजित गरि चिट्ठा प्रक्रिया अघि बढाउँनु पर्ने, चिट्ठा प्रणाली अन्तर्गतको सफ्टवेयर बनाउँदा सुचिकृत आईटी कम्पनिको दरभाउ पत्रको शिलबन्धी कोटेशन माग गरि स्वच्छ प्रतिस्पर्धा बनाई प्रक्रिया अघि बढाउनुपर्ने लगायतका रहेका छन् ।

कार्यक्रममा प्रेस विज्ञप्ती वाचन गर्दै संस्थाका अध्यक्ष रामकुमार राउतले भूकम्प पीडितका मागहरू सम्बोधन गर्नको लागि सरकार असफल भएको आरोप लगाए । उनले भने,‘भूकप्प गएको दुई वर्ष पुरा भईसक्यो तर भूकम्पबाट प्रताडीत जनता अझैँ पालमुनिको वासमा जिन्दगी विताईरहेका छन्।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति समेत रहेका पत्रकार ऋषि धमलाले भूकम्पपीडितको लागि वैदेशिक सहायता अझैसम्म प्रभावकारी राहत वितरण नहुनुले सरकारप्रति जनताको विश्वास घटेको गुनासो पोखे ।

उनले भेने,‘पुननिर्मााण प्राधिकरणका सिईओ डा. गोविन्द पोखरेल आउँदा उहाँले केही गर्नुहोला भनेर जनताले आशा लिएका थिए तर त्यो आशा निराशामा परिणत हुँदैछ, अब म भूकम्पपीडितका माग सम्बोधन गर्नको लागि प्रधानमन्त्री लगायत सम्बन्धि निकायमा वहस गर्छु, ट्याक्सि नम्बर देखि लिएर सबै राहतका कामहरू तत्काल सम्बोधन गर्नको लागि पनि छलफल गर्नेछु।’

त्यस्तै कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य अच्युतप्रसाद ढुङ्गाना लगायतले आफ्ना कुरा राखेका थिए। उक्त संस्थाले भूकम्पपीडितलाई चिठ्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot